नेपालमा थप १६७ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ९ सय ८१ जनाको २७ वटा प्रयोगशालमा गरिएको परिक्षणमा १६७ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १६७ सहित नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा २१३ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । यो कुल संक्रमितको ६४ दशमलव ८८ प्रतिशत रहेको पनि प्रवक्ता गौतमले बताउनुभयो । हालसम्म देशभर २३ हजार ५ जना क्वारेन्टाईनमा रहेका छन् भने ६ हजार ५६ जना आइसोलेसनमा रहेका छन् ।


प्रकाशित | १ श्रावण २०७७, बिहीबार १६:४६