सूर्यविनायकमा एमालेको घरदैलो कार्यक्रमलाई तीब्रता

भक्तपुर : नेकपा एमालेले आफ्नो घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । सूर्यविनायकको शनिबार बालकोटबाट शुरु गरिएको घरदैलो कार्यक्रम आज वडा नं. ४ स्थित दधिकोटमा गरिएको हो । दैनीक कार्यतालिका नै बनाएर एमालेले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको हो ।

This image has an empty alt attribute; its file name is pic.jpg

घरदैलो कार्यक्रममा सांसद महेश बस्नेत, बागमती प्रदेशका सांसद शशी जंग थापा, सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार बाशुदेव थापा, उपप्रमुख पदका उम्मेद्वार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार भोला राउत, वडा सदस्य पदका उम्मेदवार राजु लवञ्जर श्रेष्ठ, विदुर खड्का, तारा सापकोटा तथा पम्फा परियार रहनुभएको थियो ।

This image has an empty alt attribute; its file name is 1.jpg

घरदैलो कार्यक्रममा सयौं स्थानीयवासीले साथ र सहयोग गरेका थिए । गाम्चा चोकबाट शुरु गरिएको र्यालीमा वडाका अधिकाशं भागहरुमा स्थानीयवासीको सयौंको उल्लेख्य सहभागिता रहेको थियो ।


प्रकाशित | १८ बैशाख २०७९, आईतवार २०:३३