साताको अन्तिम दिन सेयर बजार १.२५ प्रतिशतले सुधार: ७५ करोड माथिको कारोबार

काठमाडौं: नयाँ वर्ष लागेसँगै सेयर कारोबार निरन्तर उकालो लागिरहेको छ । साताको अन्तिम दिन आज शेयर बजार १.२५ प्रतिशतले सुधार आउँदै नेप्से सूचक १२३२.२६ विन्दु कायम भएको छ। सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । बिहीबार ७५ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ।

यो दिन १६५ कम्पनीको २४ लाख ६४ हजार १६५ कित्ता सेयर ७५ करोड १२ लाख ११ हजार ७६४ रुपैयाँमा किनबेच भएको छ । यो दिनको कारोबारमा बैंकिङ उप समूह २५।३५, होटल १३।३६,उत्पादन तथा प्रशोधन १०।५७, मायक्रोफाइनान्स १२ अंकले बढेको छ भने जलविद्युत, वित्त, निर्जीबन बीमा कम्पनी, जीवन बीमा कम्पनीको कारोबारमा गिरावट आएको छ ।

यो दिन कारोबार रकमको आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । कुमारीको ८ करोड ५८ लाख २ हजार ५३० रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै प्रभु बैंक, नेपाल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । कारोबारमा नेपाल एसबीआई बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, नबिल बैंकका लगानीकर्ताले कमाएका छन् भने माउन्टेन हाईड्रो, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १८:२०