एनआरएनए बहराईन अध्यक्षमा लक्ष्मी गिरी निर्विरोध निर्वाचीत: यस्तो छ नयाँ कार्यसमिति

बहराईन: गैर आवासीय नेपाली संघ (एनआरएनए) बहराइनको सातौँ महाधिवेशनले लक्ष्मी गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्बाचित गरेको छ । निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्षमा प्रेम बहादुर क्षत्री, द्धितिय उपाध्यक्ष अमर श्रेष्ठ, महिला उपाध्यक्ष कृष्ण कुमारी गुरुङ, महासचिवमा राजुकुमार श्रेष्ठ, सचिवमा राजु खत्री, कोषध्यक्षमा विष्णुप्रसाद आचार्य, सह कोषाध्यक्षमा देबेन्द्र गिरी महिला संयोजकमा लक्ष्मी क्षेत्री तथा युवा संयोजकमा तिर्थबहादुर भण्डारी रहेका छन् भने पर्यटन संयोजकमा सुशिल भण्डारी हुनुहुन्छ ।

यस्तै निर्वाचित सदस्यहरुमा दिप विक्रम राना, तिलकबहादुर कार्की, कमला सुनार विक, रविन केसी र संगीता खत्री रहनु भएको छ । अधिबेशनमा एनआरएनए उपाध्यक्ष कुमार पन्त, एनआरएनए सचीव डिबि क्षेत्री, एनआरएनए आईसीसी सदस्य मनोज गोर्खाली, कल्याण श्रेष्ठ, राजु सैयद, सुदिप कार्की, दुर्गा गिरी,  लाल पुन लगायतको उपस्थिति रहेको थियो ।

यस्तो छ नयाँ कार्यसमितिको नामावली:-


प्रकाशित | ११ श्रावण २०७६, शनिबार १२:२६