छोरीको जन्म दिनको अवसरमा क्यानडाबाट अभिमन्यू बस्नेतको विद्यालयलाई कम्प्युटर सहयोग

भक्तपुर – क्यानडा बस्दै आउनुभएको अभिमन्यू बस्नेतले भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित सरस्वती आधारभुत बिद्यालयलाई २ लाख ६५ हजार वरावरको कम्प्युटर सहयोग गर्नुभएको छ । भक्तपुर सिपाडोलमा जन्मिनु भएको बस्नेतले आफना छोरी परिक्षाको जन्म दिनको खर्च कटाएर विद्यालयलाई सहयोग गर्नुभएको हो ।

क्यानडाबाट पठाउनु भएको सो सहयोग एक कार्यक्रमका बीच शुक्रबार सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले विद्यालयलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा मेयर थापाले सहयोग गर्नुहुने बस्नेतप्रति आभार ब्यक्त गर्नुभयो ।

सो वडाका वडाध्यक्ष किरण थापाले क्यानडाबाट बस्नेतले आफू जन्मेको ठाउँलाई माया गरि विद्यालयलाई सहयोग गरेकोमा खुसी ब्यक्त गर्नुभयो ।

क्यानडाबाट बस्नेतले छोरीको जन्म दिनको अवसरमा उनीहरुकै चाहानअनुसार सहयोग गरेको र आगामी दिन पनि निरन्तरत दिने बताउनुभयो ।

वर्तमान कोभिड- १९ लाई मध्यनजर गर्दै जन्म दिनमा खर्च नगरि छोरा परिक्षीत र छोरी परिक्षाको सल्लाहबमोजीम सहयोग गरिएको बताउनुभयो । साथै छोराछोरीको साथी क्यानडाबासी ब्राण्डनले पनि सहयोग गर्नुभएको थियो ।


प्रकाशित | ६ मंसिर २०७७, शनिबार ०८:२७