सरकारले एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६ लाख पुरस्कार दिने

काठमाडौं – नेपाल सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने भएको छ ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रिमियर कप विजेता टोलीका हरेक सदस्य खेलाडी र मुख्य प्रशिक्षक मोन्टि देशाईलाई जनही ६ लाख दिने घोषणा गरेको हो।

त्यस्तै, अफिसियललाई जनही तीन लाख रुपैयाँ दिइने प्रधानमन्त्री दाहालले बताए। खेलाडी तथा अफिसियलसँगको छलफलमा प्रधानमन्त्री दाहालले क्रिकेट रंगशाला निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए। अहिले भएका रंगशालाको स्तरोन्नति गरिने उनको भनाइ थियो।

वैशाख १९ मा भएको फाइनल खेलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल एशिया कपका लागि छनोट भएको थियो।


प्रकाशित | २० बैशाख २०८०, बुधबार १८:०२