नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या ४३६४ पुग्यो

काठमाडौं : नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थप २७९ जनामा संक्रमण देखिएको हो। आज थपिएका २७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको प्रवक्ता डा गौतमले जानकारी गराउनुभयो । संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन्।

अहिलेसम्म कुल डिस्चार्ज हुनेको सङ्ख्या ६७४ पुगेको छ । आइसोलेसनमा तीनहजार ६७५, क्वारेन्टाइनमा एकलाख ७२ हजार २६६ रहेका छन् । आरडीटी र पीसीआर परीक्षणको सङ्ख्या एकलाख दशहजार ७४४ पुगेको छ ।


प्रकाशित | २८ जेष्ठ २०७७, बुधबार १६:३६