राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा मेलम्चीको पानी वितरणको उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गर्नु भएको छ ।राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरणको उद्घाटन गर्नु भएको हो ।

मेलम्चीको पानीसँगै राष्ट्रपति भण्डारीले पानीको फोहोराको पनि उद्घाटन गर्नु भएको छ । शुक्रबार बिहानदेखि बालाजुस्थित रिजरभ्वायरबाट उपभोक्ताका लागि वितरण शुरू गरिएको हो । खानेपानी गत आइतबारबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको भएपनि औपचारिक उद्घाटन भने आजमात्र भएको हो ।

शुक्रबार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेल लगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका हुन् ।


प्रकाशित | २० चैत्र २०७७, शुक्रबार १५:४५