चार स्वकीय कर्मचारीको तलब आफैं बुझ्छन् राष्ट्रियसभा अध्यक्ष

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएको छन्। तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरि तलब सुविधा बुझ्ने गरेको खुलेको हो। जब कि उनले संसद सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेको समाचार नयाँ पत्रिका दैनिकमा छ। अध्यक्ष तिमिल्सिनाले प्रतिचालक १८ हजार ३४० र प्रतिकार्यालय सहयोगी १६ हजार २३० रुपैयाँ तलब बुझिरहेका छन्। चार जनाको कुल तलब मासिक ६९ हजार १४० रुपैयाँ हुन्छ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०६:४७