एनआरएनए मकाउ अध्यक्षमा शान्तिदेवी अधिकारीको पुन: उम्मेदवारी घोषणा

मकाउ: गैर आवासीय नेपाली संघ (एनआरएनए ) मकाउको अध्यक्षमा शान्तिदेवी अधिकारीले पुन: उम्मेदवारी घोषणा गर्नुभएको छ । अधिकारीले आगमी २०१९ -०२१ कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । अधिकारीले विभिन्न आफना ११ बुँदे प्रतिबद्धता सार्वजनीक गर्दै उम्मेदवारी घोषणा गर्नुभएको हो । संस्थाको विविध पक्षमा काम गर्दै जाँदा संस्थालाई ब्यवस्थित र नियमीत बनाउन दुई वर्षे कार्यकाल कम भएकाले अपुरा योजनालाई पूरा गर्न पुन: उम्मेदवारी घोषणा गरिएको प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ  ।

 


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार १२:२४