प्रदेश २ मा भोली सार्वजनीक बिदा

धनुषा: प्रदेश २ मा भोली सार्वजनीक बिदा दिइएको छ । जानकी नवमीको अवसरमा भोलि सोमबार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दै सोमबार परेको जानकी नवमी भव्यता एवं हर्षोल्लासपूर्वक मनाउन बिदाको घोषणा गरिएको बताउनुभयो । जनकपुरमा मंगलबार धुमधामसँग मनाइने जानकी नवमी पर्वमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार २०:१६