सिरुटारबासीले गरे मेयरका उम्मेदवार बासुदेव थापा नेतृत्वलाई भब्य स्वागत

भक्तपुर : नेकपा एमालेले सूर्यविनायक नगरपालिकामा घरदैलो कार्यक्रमलाई जारी राखेको छ । यो पटक चुनावी सभा नगर्ने निर्णय गरेको एमालेले सूर्यविनायकमा घरदैलो कार्यक्रम जारी राखेको हो । बिहान सबेरै घरदैलो कार्यक्रम गर्दै आएको एमालेले बुधबार सिरुटारमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

This image has an empty alt attribute; its file name is cover-1-1024x768.jpg

नगरपालिकाको वडा नं. १ मा पर्ने सिरुटारमा भएको घरदैलो कार्यक्रममा स्थानीयले बासुदेव थापा नेतृत्वका उम्मेदवारहरुलाई भब्य स्वागत गरेका थिए । घरदैलो कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य तथा सांसद महेश बस्नेत, बागमती प्रदेशका सांसद शशी जंग थापा, मेयरका उम्मेदवार बासुदेव थापा, उपप्रमुखका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार सानुकाजी कायस्थलगायत उम्मेदवारको टोली तथा एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

This image has an empty alt attribute; its file name is 11.png

घरदैलोको क्रममा स्थानीबासीले पाँच वर्षमा मेयर थापा नेतृत्वमा भएको कामको प्रशंसा गरेका थिए भने जीतको लागि शुभकामना समेत ब्यक्त गरेका थिए । नेकपा एमालेले यसअघि नगरपालिकाको वडा नं २,३, ४ र ६ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ भने बिहीबार वडा नं. ७ स्थित गुन्डुमा घरदैलो कार्यक्रम आयोजना गरिएको छ ।


प्रकाशित | २१ बैशाख २०७९, बुधबार १९:५४