नेकपामा विवाद समाधानका लागि महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन

 काठमाडौं – सत्तारुढ नेकपाले आन्तरिक विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा भएको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकले महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेताहरु शंकर पोखरेल, जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे र पम्फा भुसाललाई राखिएको छ । कार्यदललाई जतिसक्दो चाँडो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गरेर सहमतिमा पुग्ने बताइएको छ ।

आजको छलफलमा प्रधानमन्त्री ओलीले दुबै पदबाट आफूलाई नहटाउन आग्रह गर्दै पार्टीको निर्णयअनुसार चल्ने, सरकारका निर्णय सचिवालय बैठकबाट अनुमोदन गर्ने, संघीय र प्रादेशिक मन्त्रिपरिषद् पुनर्गठन गर्ने, आफ्ना कमीकमजोरीप्रति आत्मालोचना गर्ने र बैचारिक विवाद महाधिवेशनबाट समाधान गर्ने प्रस्ताव गर्नुभएको छ । दुई अध्यक्षबीच हिजो पनि छलफल भएको थियो ।


प्रकाशित | ३० श्रावण २०७७, शुक्रबार १५:४०