काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ । मन्त्री तामाङले सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको हो ।
नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मन्त्री तामाङले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको हो ।
उहाँले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताउनु भयो । उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के–के समेटिएको छ भन्ने खुलाउनु भएको छैन ।
प्रकाशित | २४ जेष्ठ २०७८, सोमबार १५:४६