गण्डकीको मुख्यमन्त्रीमा बहुमत सांसदको हस्ताक्षरसहित पोखरेलको दावी

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नु भएको छ ।

शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुग्नु भएका उहाँले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउनु भएको हो ।

बिहीबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पक्षमा जम्मा २७ मत आएको थियो । उहाँले विश्वासको मत जुटाउन सक्नु भएको थिएन ।


प्रकाशित | २८ जेष्ठ २०७८, शुक्रबार १७:४९