एनआरएनए फ्रान्सको अध्यक्ष पदमा हरि प्रसाद सापकोटाको उम्मेद्वारी घोषणा

फान्स: फ्रान्समा लामो समय देखि बसोबास गर्दै आउनु भएका अगुवा एवं समाजसेवी हरिप्रसाद सापकोटाले एनआरएनए फ्रान्सको आगामी २०१९ २०२१ को लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । आगामी १८ अगस्ट २०१९ का दिन सम्पन्न हुन गइरहेको गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको आठौँ राष्ट्रिय महाधिबेशनमा सापकोटाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

लामो समय नेपालमा शैक्षिक क्षेत्रमा काम गर्नुभएको सापकोटा एक निम्न माध्यमिक बिद्यालयको प्रधानध्यापक तथा नवलपरासी जिल्लामै एक चिरपरिचित सामाजिक अभियन्ता हुनुहुन्थ्यो । उहाँले २००४ बाट फ्रान्समा बसोवास गर्न थालेपछी २००७ देखि संघको कार्यसमितिमा सदस्य, २००९ /२०११ को कार्यसमितिमा महासचिब, २०११/२०१३ मा उपाध्यक्ष र २०१५ देखि हाल सम्म सल्लाहकार समितिमा रहेर काम गरिसक्नु भएको परिपेक्षमा उहाँले एनआरएनलाइ धेरै नजिक बाट चिन्नुका साथै सुधार गर्नुपर्ने कुराहरु बिभिन्न कारणले हुन नसकेको महसुस गर्दै आएको बताउनु भएको छ । साथै उहाँ आफैले अभिभावकको रुपमा कार्यसमितिको हरेक कार्यक्रममा सहयोगी बनेर सहयोग गर्दै आउनु भएको छ।

एनआरएनएलाई सबैले अपनत्व महसुस गर्न सक्ने बिस्वसिलो छाता संस्थाको रुपमा बिकास गर्ने उहाँको प्रतिबद्दता रहेको छ। फ्रान्समा रहेका पुराना अभियान्ता एवं अग्रजहरु, बुद्विजीविहरु र सकृय युवाहरुको सरसल्लाहमा नै सापकोटाले आफ्नो उम्मेदवारी दिनु भएको हो। सापकोटाले फ्रान्समा रहेका नेपाली राजनैतिक संघसंगठन, महिला, युवा लगायत यहाँ रहेका सम्पूर्ण संघ संस्थाहरु संग सहकार्य गरेर हाल भैरहेका नियमित वार्षिक कार्यक्रमहरुमा सुधार गर्दै, अन्य नयाँ एजेण्डाहरुमा काम गर्ने बताउनु भएको छ। उहाँले एनआरएनए फ्रान्सलाइ सबैको एनआरएनू बनाउने र सबै क्षेत्रका व्यक्तित्वरुलाइ कुनै न कुनै रुपमा एनआरएन संग जोड्ने बताउनु भएको छ। कार्यसमितिका सदस्यहरुको बहुमतको आधारमा काम कारवाहीहरु अगाडी बढाउने, भुपु पदाधिकारीहरु र समाजीककाम मा योगदान दिनेसबैलाइ समानरुपमा सम्मान र कदर गर्ने बताउनु भएको छ।

हाल एनआरएन फ्रान्सले संचालन गरिरहेको नेपाली पाठशालामा बालवालिकाहरुलाई नेपाली भाषा अध्यापन गराइरहनु भएका सापकोटाले यस पाठशालालाई आबश्यकता अनुसार बिस्तार र बिकास गर्ने योजना बनाउनु भएको छ। फ्रान्समा नेपाली बिद्यार्थीहरु आउनेक्रम बढिरहेको परिप्रेक्ष्यमा उनीहरुलाई सहयोग गर्न र उत्पन्न भएका बिभिन्न समस्याहरुलाई ठोस रुपमा समाधान गर्न एउटा छुट्टै उप समिति बनाएर काम गर्ने, नेपालीहरुलाई कागजी र प्रशासनिक काममा सहयोग गर्ने, एनआरएनए फ्रान्स मातहतमा एउटा पुस्तकालय स्थापना गर्ने, नियमित कामहरु गर्न, बैठकहरु संचालन गर्न र अन्य सानातिना कार्यक्रमहरु गर्न मिल्ने गरि एन आर एन फ्रान्स को आफ्नै कार्यालय स्थापना गर्ने, फ्रान्सेली निकायहरु र सबै नेपाली संघ संस्थाहरु संग समन्वय गरेर नेपाली समूदायको बृहत्तर हितको लागि फ्रान्सेली र नेपाली भाषा कक्षा संचालन गर्ने, आर्थिक पारदर्शिता, सूचनाको हकको संरक्षण जस्ता ठोस कार्ययोजना र प्रतिबद्धताहरु सापकोटाले अघि सार्नु भएको छ।

फ्रान्सेली र नेपाली समूदाय बिच सम्बन्ध बिस्तार गर्न अन्तर्क्रियात्मक कार्यक्रमहरु, संयुक्त लागानी कार्यक्रम, रचनात्मक कार्यक्रमहरु गर्दै नेपालको निर्यात तथा पर्यटन प्रबर्धन लगायत दूरगामी तथा एनआरएनए फ्रान्सको छविलाई बिश्व स्तरमा पुर्याउने सम्मका प्रतिबद्धताहरु सापकोटाले जानकारी दिनुभएको छ।


प्रकाशित | २६ असार २०७६, बिहीबार २२:०७