टोखामा गोली चल्यो: सर्वाधिक खोजीको सूचिमा रहेका डाँका ‘काले’ पक्राउ

काठमाडौँ : काठमाडौँको टोखामा गोली चलेको छ । प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका डाँका’ काले’ भनिने विष्णु तामाङलाई गोली हानी पक्राउ गरेको हो। डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि कानुन अनुसार आत्मरक्षाको लागि  आफूहरुले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।उनको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृंखलावद्ध चोरी र डकैती गरेको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका काले २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरि छुटेका थिए। त्यसपछि पनि उनले फेरि चोरी, लुटपाट र डकैतीलाई नै पेशा बनाएर विभिन्न सात स्थानमा चारी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ०९:४३