कस्तो छ एनआरएनएको पछिल्लो आर्थिक अवस्था ?

काठमाडौं : गैर आवासीय नेपाली संघको पछिल्लो आय/ब्यय समावेश गरिएको प्रतिवेदन सार्वजनीक गरिएको छ । एनआरएनएको कोषाध्यक्ष मण्डलले जुलाई महिनाको आय/ब्यय सार्वजनीक गरेको हो ।

सार्वजनीक गरिएको प्रतिवेदनमा नगद तथा बैकमा गरि संघमा ११ करोड ९९ लाख ५९ हजार ३४३ रुपैयाँ १० पैसा मौज्दात रहेको पाइएको छ ।

कार्यसमितिले ‘पारदर्शिता, सहभागिता, जवाफदेहिता र विश्वास’ भन्ने नारा सहित मासिक, त्रैमासिक तथा वार्षिक प्रतिवेदन प्रकाशन गरि आर्थिक अवस्थाको बारेमा जानकारी गराइरहेको छ ।

कोषाध्यक्ष सुनील साहले संस्थाको हरहिसाव कितावलाई पारदर्शी बनाउन प्रतिवेदन मासिक रुपमा सार्वजनीक गरिरहेको बताउनु भयो ।

संस्थाको आर्थिक अवस्था कस्तो छ भनेर जान्ने अधिकार हरेक सदस्यलाई रहने भएकाले सदस्यको चाहनाअनुसार नै प्रतिवेदन सार्वजनीक भइरहेको उहाँले बताउनु भयो ।

उहाँले प्रतिबेदन समयमै तयार गरि संघका विभिन्न निकायलाई चुस्त रुपमा कार्यसम्पादन गर्न सहयोग पुर्याइरहेको पनि बताउनु भयो ।

यस्तो छ जुलाई महिनाको आय-ब्यय विवरण


प्रकाशित | ३० श्रावण २०७९, सोमबार २०:४५