हिरासतबाट फरार दुई अभियुक्त पक्राउ

काठमाडौं : महानगरीय अपराध महाशाखाले हिरासत कक्षको ग्रिल काटी फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले चोरी र डाँका मुद्दामा पक्राउ परी महानगरीय प्रहरी प्रभाग बुङमती भैँसेपाटीमा असार २३ गते ग्रिल काटेर फरार रहेका रामेछापका रुद्रलाल श्रेष्ठ र शम्शेर माझीलाई आज साँझ पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले हिरासत कक्षको शौचालयको झ्याल काटेर फरार रहेका अभियुक्तलाई काठमाडौँ बौद्धबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।


प्रकाशित | २५ असार २०७६, बुधबार २१:३९