नेपालको संसदीय इतिहासमै नभएको घटना मंगलबार संसदमा देखिएको भन्दै गगन थापा आक्रोशित

काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको संसदीय इतिहासमै नभएको घटना मंगलबार संसदमा देखिएको भन्दै आक्रोश पोख्नुभएको छ । ‘आज संसदमा जे भयो, जुन घटना घट्यो, यो नेपालको संसदीय इतिहासको लागि सानो घटना होइन’, नेता थापाले भन्नुभयो, ‘सरकारले कुनै पनि निकायको मान राख्दैन भन्ने थप पुष्टि भएको छ । यसबारे हामी छलफल गर्छौं । तर यो समान्य घटना होइन । आज जुन घटना भयो । प्रधानमन्त्रीले जस्तो व्यवहार गर्नुभयो । सभामुख जसरी निरिह हुनुभयो । यो नेपालको संसदीय इतिहासको सानो घटना होइन ।’

उहाँले सभामुखको भूमिकाप्रति समेत प्रश्न उठाउँदै सभामुखले आफनो कर्तब्य पालना नगरेको आरोप लगाउनुभयो । संघीय ससदको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, , ‘फेरि एक पटक संसदको सभामुख सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुभएको छैन । व्यवस्थापिकाको प्रमुख भएर होइन कार्यपालिकाको छाँया प्रधानमन्त्रीको आदेशपालकको रुपमा उहाँको भूमिकामा रहनुभएको छ भन्ने पुनः पुष्टि गर्नुभएको छ ।’


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार २०:१७