सभामुखको चुनाव माघ ५ गते हुने

काठमाडौं : सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्ने तयारी गरेको जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्दैछ ।

प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । सत्ता गठबन्धनबाट एमालेको भागमा परेको सभामुखमा कसलाई उम्मेदवारी बनाउने भन्ने  टुंगो लागेको छैन भने उपसभामुख कुन पार्टीले पाउने भन्ने पनि अहिलेसम्म सहमति भएको छैन ।


प्रकाशित | २६ पुष २०७९, मंगलवार १९:०१