ग्रीन हाइड्रोजन उत्पादनमा नेपालले विश्वव्यापी नेतृत्व गर्नुपर्छ: डा. शेष घले

काठमाडौं: एमआइटी ग्रुप फाउन्डेसनका अध्यक्ष तथा एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घलेले हाइड्रोजन उर्जा उत्पादनमा नेपालले नै विश्वव्यापी नेतृत्व गर्न जरुरी रहेको बताउनु भएको छ ।

नेपालमा पहिलो पटक भएको नेपाल ग्रिन हाइड्रोजन समिटको उद्घाटन कार्यज्ञक्रममा बोल्दै घलेले नेपालको हाइड्रोजन यात्राका लागि सहकार्य र लगानी गर्न सबै क्षेत्र तयार हुनुपर्नेमा जोड दिनुभयो ।

घलेले नेपाल अब जलविद्युतबाट हाइड्रोजनतर्फको यात्राका लागि तयार हुनुपर्ने बताउँदै राज्यले पनि नीतिगत सहजता प्रदान गर्नुपर्ने बताउनुभयो ।

नेपाल र साउदी अरवले ग्रिन हाइड्रोजन उत्पादन गरेर विश्व बजारमा बेन्चमार्क मूल्यमा बिक्री गर्न सकिने विश्वव्यापी एक अध्ययनले देखाएको भन्दै  अब यो उर्जामा नेपालले विश्वव्यापी नेतृत्व लिनुपर्ने बताउनुभयो ।

‘हाम्रो दौड सुरु भएको छ र हामी पहिलो भएको कपीराइट पाएका छौं । नेपालमा ग्रिन हाइड्रोजन उत्पादनका लागि यो सम्मेलन कोशेढुंगा हो’, घलेले भनुभयो, ‘वातावरण प्रदुषण रोक्न,विश्व उर्जा संकटमा नेपालको उपस्थिति देखाउन ग्रिनि हाइड्रोजन उत्पादनमा नेपालबाटै यो सुरुवात गर्न र नेपालले नै विश्वव्यापी नेतृत्व गर्न जरुरी छ ।’

यो अभियानले उर्जा मात्रै नभइ नेपालमा रासायनिक युरिया मलको अभावफाइ पनि चिर्ने घलेले बताउनुभयो ।


प्रकाशित | २४ आश्विन २०७९, सोमबार २०:४९