संसद्मा आज आर्थिक वर्ष २०७७/७८ बजेट प्रस्तुत हुँदै

काठमाडौँ : नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज ( बिहीबार) सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ ।

संसद् सचिवालयका अनुसार अपराह्न ४ बजे बजेट प्रस्तुत हुने कार्यक्रम तय भएको छ । दिउँसो ३ः४५ मा बैठक कक्षमा प्रवेश गरिसक्न सबै सांसद सदस्यलाई संसद सचिवालयले आग्रह गरेको छ ।

सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

जेठ १८ बाट बजेटको सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ । दुई दिन सैद्धान्तिक छलफल गराउने तयारी छ । लगत्तै प्रचलित कार्यविधिलाई छोट्याएर जेठ २१ वा २२ गतेबाट मन्त्रालयगत छलफल सुरु गर्ने तयारी छ । ढिलामा पनि जेठ २६ गतेसम्म विनियोजन पारित गर्ने तयारी सचिवालयको छ ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार ०७:३७