नक्कली सुन देखाई ठगी गर्ने पाँच पक्राउ

काठमाडौँ : नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बौद्ध क्षेत्रमा अवैध सुन देखाई ठगी गर्ने चितवनकी टिनु घिमिरे पन्त, काठमाडौँकी सुस्मिता आचार्य, सिन्धुपाल्चोकका जीवन सुनार, सुनसरीका जीवन धामी चौधरी र गोरखाका जाम्बु लामालाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले नक्कली सुनलाई सक्कली भनी ठगी गरेकाले बिस्कुट आकारको नक्कली सुनसहित पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बौद्धको पिपलबोटस्थित एमएस ज्वेलर्समा सुन राखिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।


प्रकाशित | २३ असार २०७६, सोमबार १८:२१