नेकपा निकट दुई अखिलले मनाए विद्यार्थी एकता दिवस

काठमाडौं: ५५ औं विद्यार्थी एकता दिवसको सन्दर्भमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारी संयुक्त रुपमा प्रभातफेरी आयोजना गरेका छन् । प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निःशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएका थिए ।

बुधबार विहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी भुगोलपार्कमा पुगेर समापन भएको थियो । भूगोलपार्कमा आयोजित सभालाई अनेरास्ववियूका पूर्वअध्यक्ष एवम् संस्थापक नेता विश्वकान्त मैनाली, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी० का अध्यक्ष रञ्जित तामाङले सम्बोधन गरेका थिए ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १२:११