जबरा र लोहनी मिलेर बनेको राप्रपा संयुक्तलाई दलको मान्यता

काठमाडौं : पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई पार्टी मिलेर बनेको राप्रपा संयुक्तले दलको मान्यता पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले निर्वाचन आयोगमा दर्ता भएसँगै कानुनी रुपमा राजनीतिक दलको मान्यता पाएको हो । संयुक्त पार्टीको चुनाव चिन्ह ‘हलो’ रहेको छ । पार्टीले वैधानिकता पाएसँगै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वयनीले अब मुलुकमा वैकल्पिक शक्तीका साथ अगाडि बढ्ने बताउनुभएको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १५:४०