डेढ वर्ष अघि नै तोकियो एनआरएनए ११ औं महाधिवेशन तथा विश्व सम्मेलनको मिति

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले डेढ वर्ष अघि नै ११ विश्व सम्मेलनको मिति तोकेको छ । वर्तमान कार्यसमितिको कार्यकाल सकिन डेढ वर्ष बाँकि रहँदै ११ औं महाधिवेशन तथा विश्व सम्मेलनको मिति तोकिएको हो । शनिवार बसेको पहिलो पदाधिकारी बैठकले संघको आगामी ११ औं महाधिवेशन तथा विश्व सम्मेलन ११ अक्टोवर २०२३ मा गर्ने निर्णय गरेको हो ।

विद्युतीय माध्यमबाट करिब ६ घण्टा चलेको बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ । बैठकले युके, अमेरिका, जापान र युएई समन्य राष्ट्रिय समन्य समितिमा रहेको समस्या समाधान ३० अप्रिल भित्र गर्नको लागि क्षेत्रीय संयोजकहरुलाई आग्रह गरेको छ ।

बैठकले नेपालमा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैर आवासीय नेपाली संघको तर्फबाट सहभागी गराउनको लागि युवा उपाध्यक्षहरुको समन्यमा सबै पक्षलाई सहभागी गराउनको गर्ने निर्णय भएको छ ।

बैठकले पन्जिकृत सदस्यहरुको शुल्क तिर्न बाँकि राष्ट्रिय समन्य समिति अमेरिका, जापान, युएई, यूके र यस्तै उम्मेदवारी शुल्क बुझाउन बाँकि पदाधिकारीहरुलाई समेत आगामी आइसीसी बैठक अगावै शुल्क बुझाउन आग्रह गरेको छ । तोकिएको समयभित्र शुल्क नतिरेमा विधानअनुरुप टुंगो लगाउने बैठकले निर्णय गरेकोे छ ।

बैठकमा अन्तराष्ट्रिय समन्यन परिषद २०२१ –२०२३ संचालन सम्बन्धी कार्यविधि निर्देशिका बारेमा छलफल भएको छ । सो कार्यविधिमा छलफलमा आएका सुझाव सहित आगामी आइसीसी बैठकमा पेश गरि पारित गर्ने निर्णय भएको छ ।

बैठकले विधान अनुरुप गठन हुने क्षेत्रीय समिति संचालन गर्नको लागि क्षेत्रीय संयोजकहरुसंग समन्वयन गरि निर्देशिका तयार गर्न संघका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजत्वमा गठित समिति लाइ जिम्मेवारी प्रदान गरेको छ ।

बैठकले स्मार्ट एनआरएन कमिटिको संयोजकको जिम्मेवारी महासचिव डा. केशव पौडेललाई दिने निर्णय गरेको छ।

बैठकले संघको आगामी आइसीसी बैठकमा उपाध्यक्षको कार्यविभाजन, आइसीसी सदस्य मनोनयन, सल्लाहकार समिति, संरक्षक परिषद गठन लगायतको विषयमा अगामी आइसीसी बैठकमा एजेण्डाको रुपमा पेश गर्ने सुझाव दिएको छ ।

अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षद्धय रविना थापा र डा. बद्री केसीसहित १३४ जना पदाधिकारी मध्ये १०२ जना पदाधिकारीहरुको उपस्थिती थियो । बैठकमा ८० जना पदाधिकारीहरुले आआफ्नो भनाईहरु राख्नु भएको थियो ।


प्रकाशित | ११ बैशाख २०७९, आईतवार १२:०३