नेपालमै पहिलो पटक ‘अनलाइन नेपाली रैथाने पाक कला’ प्रतियोगिता हुँदै

काठमाडौं : नेपाली रैथाने खानपान खोज तथा अनुसन्धान अभियानको एक वर्ष पूरा भएको अवसरमा नेपालमै पहिलो पटक अनलाइन नेपाली रैथाने पाक कला प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिता हरेक वर्ष यसै अवसरमा आयोजना गरिनेछ ।

समाजको परिवर्तनसँगै लोप हुनलागेको नेपाली रैथाने खानाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनका लागी नेपाली खानाको पारखीहरुका लागी रैथाने चुल्होले सामाजिक दुरी कायम गरि ‘खाने कथाूअनलाइन नेपाली पाक कला प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगीतामा विभिन्न भौगोलिक क्षेत्रमा पाइने रैथाने खानपान र विभिन्न समुदायले खाइने नेपाली रैथाने मौलिक खान पानका बारेमा जानेको बुझेको व्यक्तिलाई सोधपुछ गरि कुनै एउटा परिकार समेट्न सकिने प्रतियोगिता आयोजक तथा नेपाली रैथाने खानपानका अनुसन्धान तथा खोज अभियन्ता सेफ प्रेमलाल घिसिङले जानकारी गराउनुभयो ।

उक्त खानाको संस्कार सांस्कृतिक पक्ष, धार्मिक, सामाजिक, आर्थिक, प्राकृतिक र स्वास्थ्यको पक्ष समेत उल्लेख गर्न पाइनेछ । भिडियो सामग्री रैथाने युटुव च्यानलबाट खाने कथामा प्रसारण गरिनेछ । यो प्रतियोगीताले हाम्रो नेपाली खान पान बाँचिरहने र देश विदेशमा रहेका नेपाली नयाँ पुस्ताले पनि सजिलै युटुव हेरेर नेपाली खान पान पकाउन जान्ने विश्वास छ ।

यस प्रतियोगितामा सहभागिले बनाएको भिडियोमा नेपाली खाना हुनुपर्ने छ । खानामा सरसफाई र खानाको संस्कार सांस्कृतिक पक्ष, धार्मिक, सामाजिक, आर्थिक, प्राकृतिक र स्वास्थ्यको पक्ष पूर्ण रुपले खुलाउनु पर्ने र यी सबै विषय भिडियोमा लेखेर वाबोलेर समेट्नु पर्ने रहेको छ ।

खाना पकाउँदा प्रयोग गरिने सामाग्रीको नाम रैथाने भाषामा उल्लेख गरिएको हुनुपर्ने र यसका साथै पकाउने विधि पनि जानकारी गराउनुपर्नेछ । प्रतियोगीतामा सहभागीताको लागी उमेर र पेशा समुह तोकिएको छैन । जुनसुकै उमेर र पेशाका व्यक्ति सहभागी हुन सक्नेछन् ।

७ मिनेट सम्मको भिडियोलाई मात्र समावेश गर्न सकिने छ । भिडियो मोवाइलबाट पनि खिच्न सकिनेछ । प्रतियोगीले भिडियोको साथमाआफ्नो परिचयखुल्ने परिचयपत्र, पूरा नाम, स्थायी,अस्थायी ठेगाना, सम्पर्क नम्बर लिखित रुपमा पठाउनु पर्नेछ । उक्त भिडियो कार्तिक २ गतेदेखि कार्तिक ३०गते सम्म पठाइसक्नुपर्ने छ ।

उक्त भिडियोलाई { raithanechulho@gmail.comdf मा पठाउन सकिनेछ । प्राप्त भिडियो मंसिर १ गते देखि रैथाने चुल्हो युटुव च्यानलबाट प्रसारण गरिने छ भने मंसिर ३० गते सबै भिडियो रोकिने छ । पुष १ गते प्रतियोगिता विजेता घोषणा गरिने छ । निर्णयक मण्डलले ५० प्रतिशत अंक दिनेछ भने तपाईको भिडियो हेरि युट्युव च्यानलमा आएको Subscribe, views, like / share को आधारमा ५० प्रतिशत गरि विजेता घोषणा गरिनेछ ।

निर्णयक मण्डलले रैथाने भाषाप्रयोगको अधारमा १० अकं दिइने छ जसमा राष्ट्रिय गानका रचनाकार व्याकुलमाइला, विश्व साइकलयात्रीपुष्कर शह र भाषाविद अमृत योञ्जनले निर्णय गरिने छ । सरसफाई र सुरक्षको अधारमा ५ अकं दिइने छ जसमासेफ एल.बि. कौशल, सेफ श्यामअम्गाइ र सेफ राजकुमार कार्किले निर्णय गरिने छ ।

मैलिकताको अधारमा १० अकं दिइने छ जसमा सेफ सुर्यकिरण श्रेष्ठ, सेफ लक्ष्मण प्रसाद भण्डारी र सेफ पुष्पाथापा मगरले निर्णय गरिनेछ । रैथाने सामाग्री (भाडाकुडा,पकाउने सामाग्री,चुल्हो) र स्वास्थ्यपक्षको अधारमा १० अकं दिइने छ जसमा सेफ गोविन्दनर्सिङ केसि,सेफ आर.बि. बुढाथोकि र सेफ आर.के. लामाले निर्णयाक मण्डलको भुमिका खेलिने छ ।

संस्कृतिक, सामाजिक र आर्थिक पक्षको अधारमा १० अकं दिइने छ जसमाविनायकशह, सेफ अर्जुन थापा र सेफ शंकर पाण्डेले निर्णनय गरिनेछन ।सजवाट र समय परिपालनको अधारमा ५ अकं दिइने छ जसमा सेफ नारायण थपालिया,सेफ महेशराज ढकाल र सेफ भाविखनालले निर्णय गरिनेछन ।

प्रथम पुरस्कार नगद २५ हजार रुपैयाँ, पैँचो पसलबाट १० हजार बराबरको गीफ्ट हेम्पर सहितग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता र ग्यास्ट्रोनोमिएसोसिएसनको सदस्यताप्राप्त गर्नेछ । दोस्रो पुरस्कार नगद १५ हजार रुपैयाँ, पैँचो पसलबाट ७ हजार बराबरको गीफ्ट हेम्पर र ग्यास्ट्रोनोमिएसोसिएसनको सदस्यतासहितग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यताप्राप्त गर्नेछ ।

तेस्रो पुरस्कार नगद १० हजार रुपैयाँ, पैँचो पसलबाट ५हजार बराबरको गीफ्ट हेम्पर र ग्यास्ट्रोनोमिएसोसिएसनको सदस्यतासहितग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यताप्राप्त गर्नेछ । टप टेनमा पर्ने जति सबैले ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यताप्राप्त गर्नेछन । सेराटन कुलिनरी इन्सटिच्युटबाट १० हजार बराबरको गिफ्ट हेम्पर प्रदान गरिने छ ।


प्रकाशित | २७ आश्विन २०७७, मंगलवार २१:२३