चिलीलाई स्तब्ध पार्दै पेरु फाईनलमा

एजेन्सी : पेरु कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । बिहिबार बिहान भएको खेलमा चिलीलाई ३–० गोल अन्तरले पराजित गर्दै पेरु प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमै २–० को अग्रता लिएको पेरुले दोस्रो हाफमा एक गोल गरेको थियो ।चिली प्रतियोगिताको साविक विजेता हो ।

२१ औ मिनेटमा एडिन फ्लोरेसले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । ३८ औ मिनेटमा योशिमार यतुनले अग्रतालाई दोब्बर बनाएका थिए । खेलको अन्तिम मिनेटमा जोस पाओलो गुरेरोले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

यससँगै चिलीले अब तेस्रो स्थानका लागि खेल्नेछ भने पेरूले उपाधिका लागि फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ ।

 


प्रकाशित | १९ असार २०७६, बिहीबार ०८:२६