कोपामा चम्किएका मेस्सी

एजेन्सी । कोपा अमेरिकामा मेस्सीको प्रर्दशन उत्कृष्ट देखिएको छ । उनले ब्राजिलमा जारी कोपामा चार गोल र पाँच गोलको अवसर सिर्जना गरेका छन् ।

बार्सिलोनाका कप्तान अर्जेन्टिनाले गरेको ११ गोल मध्य प्रत्यक्ष ९ गोलमा संलग्न देखिएका छन् । चार गोलमा उनले दुई गोल फ्रि–किकमार्फत गरेका छन् । उनले अर्जेन्टिनाका लागि १ सय ५० खेल पुरा गरेका छन् । बुधबार बिहान कोलम्बियाविरुद्ध उत्रदै उनले सो कोशेढुङ्गा पार गरेका हुन् ।

जारी प्रतियोगितामा सुपरस्टार मेस्सीले केही कीर्तिमानहरु बनाए । उनी अर्जेन्टिनाबाट सर्वाधिक क्याप जित्ने खेलाडी बने । उनी प्रतियोगितामा केही कीर्तिमान बनाउने अभियानमा समेत छन् ।

अर्जेन्टिनाबाट सर्वाधिक क्याप

कोपा अमेरिकामा मेस्सीले बार्सिलोनाका पूर्व खेलाडी तथा अर्जेन्टिनी खेलाडी जाभियार मासेरानोको सर्वाधिक १ सय ४७ खेलको कीर्तिमान भंग गरे । समूह चरणको अन्तिम खेलमा बोलिभियाविरुद्ध खेल्दै १ सय ४४ खेल पुरा गरेका थिए । उनी अर्जेन्टिनाबाट सर्वाधिक क्याप जित्ने सर्वकालिन खेलाडी बनेका छन् । उनले अहिले १ सय ५० अन्तराष्ट्रिय क्याप पुरा गरेका छन् ।

६ कोपा खेल्ने पहिलो अर्जेन्टिनी

मेस्सी सन् २०२१ मा जारी कोपामा सहभागी छन् । तर उनी ६ वटा संस्करणको कोपा अमेरिका खेल्ने पहिलो अर्जेन्टिनी खेलाडी हुन् । उनले सन् २००७ देखि २०२१ सम्म प्रतियोगिता खेलेका छन् । यसअघि बार्सिलोनाका पूर्व कप्तान मासेरानोको नाममा सर्वाधिक ५ कोपा खेल्ने कीर्तिमान रहेको थियो ।

एकै प्रतियोगितामा सर्वाधिक एसिस्ट

उनी कोपा अमेरिका २०२१ मा सर्वाधिक गोलको अवसर सिर्जना गर्ने खेलाडी बनेका छन् । उनले ६ खेलमा ५ गोलको अवसर सिर्जना गरेका छन् । योसगै उनी एकै प्रतियोगितामा सर्वाधिक गोलको अवसर सिर्जना गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

यी त भए मेस्सीले यस संस्करणको कोपा अमेरिकामा कायम गरेका कीर्तिमान । अब मेस्सी केही कीर्तिमानको नजिक छन् । जसलाई उनी पुरा गर्न सक्छन् ।

सर्वाधिक कोपा खेल्ने

सन् २०२१ को कोपा अमेरिकाको फाईनलमा अर्जेन्टिनाले ब्राजिलसंग खेल्दैछ । योसंगै मेस्सीले चिलीका सर्जियो लिविंगस्टोनले कोपामा खेलेको ३४ म्याचको कीर्तिमानलाई छुनेछन् । प्रतियोगिताको सुरुवात अघि बार्सिलोनाका खेलाडीले २७ खेल पुरा गरेका थिए । जो आफ्नै देशका मासेरानोभन्दा एक खेल बढी थियो ।

कोपामा सर्वाधिक गोल

मेस्सीले सन् २०२१ को कोपामा ६ खेलमा ४ गोल गरेका छन् । उनले पछिल्ला ६ संस्करणमा १३ गोल गरेका छन् । उनी जिजिनहो (ब्राजिल) र नोरबर्टो मेन्डिज (अर्जेन्टिना)को १७ गोल भन्दा चार गोल कम छन् । जो प्रतियोगितामा कुनैपनि खेलाडी सर्वाधिक गोल हो ।


प्रकाशित | २५ असार २०७८, शुक्रबार ०९:२९