पत्रकार सुजाता खत्रीको ‘राम साइँला’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं : पत्रकार सुजाता खत्रीको ‘राम साइँला’ बोलको गीत सार्वजनिक भएको छ । आफ्नो पहिलो गीत ‘राम साइँला’ मार्फत नेपाली गीत सङ्गीतमा पाइला टेक्दै खत्रीले मङ्गलवार युट्युबमा लिरिकल भिडियो सार्वजनिक गर्नुभएको हो । गीतमा शब्द रचना बीपी थापाको रहेको छ भने कम्पोजिसन मनोज चौलागाइले गर्नुभएको छ। साथमा लिरिकल भिडियोको सम्पादन भने प्रभात खनालले गर्नुभएको छ । बि बी थापा इन्टर्टेन्ट्मेन्टले प्रस्तुत गरेको गीत गायिका सुजाताकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


प्रकाशित | १८ असार २०७६, बुधबार १०:११