एकै दिनमा कृषिसम्बन्धी १७ कार्यविधि स्वीकृत (सूचीसहित)

विराटनगर :  प्रदेश न. १ को मन्त्री परिषदको बैठकले भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयबाट आएका १७ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको छ ।

बुधबार ३ बजे प्रदेश सरकारले मन्त्रालयबाट प्राप्त भएको किवि खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६, कागती खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६, श्रोत केन्द्र९च्याउ र मौरी० विकास कार्यक्रम कार्यन्वयन कार्यविधि २०७६, स्क्रीन हाउस निर्माण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६, सुन्तलाजात बगैँचा व्यवस्थापन एवं सुदृढीकरण आयोजना सञ्चालन कार्यविधि २०७६ लाई पनि स्वीकृति प्रदान गरिएको छ ।

अभियानमुखी अदुवा उत्पादन प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६, चक्लाबन्दी खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६, कृषि बजार तथा संकलन केन्द्र निर्माण कार्यविधि २०७६, सामुदायिक कृषि यान्त्रिकरण सेवाकेन्द्र स्थापना तथा सञ्चालन कार्यविधि २०७६, अलैँची खेती सञ्चालन कार्यविधि २०७६, कफी खेती विस्तार कार्यक्रम सञ्चालन कार्यविधि २०७६लाई स्वीकृत प्रदान गरेको छ ।

त्यस्तै व्यावसायिक गाई भैँसी श्रोत विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७६, उच्च पहाडी क्षेत्र पशु विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७६, व्यावसायिक बंगुर प्रवर्द्धन प्रादेशिक अभियान कार्यक्रम सञ्चालन कार्यविधि २०७६, व्यावसायिक पशुपालन कार्यक्रम सञ्चालन कार्यविधि २०७६, बाख्रा श्रोतकेन्द्र स्थापना सञ्चालन कार्यक्रम कार्यविधि २०७६, र बाख्राको बृहतर पकेट विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७६लाई पनि मन्त्री परिषदको बैठकले स्वीकृति प्रदान गरेको छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार २१:४५