आईसीसी विश्वकप क्रिकेटमा आज श्रीलंका र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदै

एजेन्सी : आईसीसी विश्वकप क्रिकेटमा आज श्रीलंका र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम ईङ्ल्याण्डको मैदानमा तेस्रो पटक भिड्दैछन् ।

पछिल्ला दुई भेटमा वेस्ट ईन्डिजले बाजी मारेको थियो । एक खेल रद्व भएको थियो ।दुवै टिम सेमिफाईनलको दौडबाट बाहिरिसकेका छन् । अंक तालिकामा श्रीलंका सातौ र वेस्ट ईन्डिज नवौ स्थानमा छन् ।

श्रीलंकाले ७ खेलबाट ६ अंक जोडेको छ । उसले दुई खेलमा जित निकाल्दा तीन खेलमा पराजय भोग्य पर्यो । उसका दुई खेल बर्षाका कारण रद्व भएको थियो ।

यता वेस्ट ईन्डिजले ७ खेलमा मात्र एक खेल जित्यो । उसले ५ खेलमा हार ब्यहोर्यो । एक खेल बर्षाका कारण रद्व भएको थियो ।श्रीलंकाविरुद्दको खेल वेस्ट इन्डिजका क्रिस गेलका लागि महत्वपुर्ण छ ।

खेल नेपाल समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।


प्रकाशित | १६ असार २०७६, सोमबार ०९:३८