करेन्ट लागेर एकको मृत्यु

झापाः झापामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका–९ का ४५ वर्षीय कृष्ण चौधरी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार दिउँसो ३ बजेको समयमा स्थानीय मणी कुमार लिम्बुको घरमा कुखुराको खोरमा बिजुलीको तार जोड्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १३:०६