नेपालमा ७२२ जना नयाँ कोरोना संक्रमित फेला

काठमाडौँ । नेपालमा थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४५ हजार ७०९ पुगेको छ ।


प्रकाशित | ७ पुष २०७७, मंगलवार १८:३१