इनासको युरोपस्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को युरोपस्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बेल्जियमको विर्लिकमा आयोजना गरिएको प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा गायन विधातर्फ डेनमार्कका रविन दाहाल विजयी हुनुभएको छ । फष्ट रनरअपसमेत डेनमार्ककै सन्तोष लामिछाने जित्न सफल हुनुभयो भने बेल्जियमका आश्रीत अधिकारी सेकेण्ड रनरअप हुन सफल हुनुभयो ।

 यस पटकको प्रतियोगितामा नृत्यतर्फ सयुक्तरूपमा बेल्जियमका मिङ्ग्मा शेर्पा र रस्किन दाहाल विजयी बन्नुभयो । फष्ट रनरअप जर्मनीकी देवकी मगर र सेकेण्ड रनरअप नेदरल्याण्डकी अन्जिला रोका बन्नुभयो । गायन विधातर्फ एघार जना र नृत्यमा पन्ध्र प्रतियोगीहरूले भाग लिनुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापा हुनुहुन्थ्यो । विशिष्ट अतिथिहरूमा एनआरएन केन्द्रीय उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएन केन्द्रीय सचिब जानकी गुरुङ, एनआरएनए युरोप संयोजक शिव बरुवाल, आइसिसी सद्स्य पदम गुरुङ, एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहाल, एनआरएन नेदरल्यान्डका अध्यक्ष मनोहरी शर्मा, एनआरएन जर्मनी अध्यक्ष बिजय मोक्तान, इनास ग्लोबल उपाध्यक्ष कमल दाहाल लगायत सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | २१ चैत्र २०७५, बिहीबार ०९:३१