यू-१९ राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फ) ले एएफसी यू–१९ च्याम्पियनसिप छनोटका लागि नेपालले राष्ट्रिय टिमको घोषणा गरेको छ ।

इरानमा आयोजना हुने छनोटका लागि नेपालले २३ सदस्सीय राष्ट्रिय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक मेघ राज केसीले २७ सदस्सीय टिमबाट अन्तिम २३ सदस्सीय टिमको घोषणा गर्नुभएको हो ।

यसअघि २७ सदस्सीय टिममा रहेका मध्ये फरवार्ड बृजेश चौधरी, मिडफिल्डर शिशिर लेखी,नितिन थापा र गोलकिपर सुर्य अधिकारी टिमबाट बाहिरिएका छन् ।

छनोट नोभेम्बर ६ बाट इरानमा हुनेछ । नेपाल समूह ुडीु मा रहेको छ । नेपालको समूहमा आयोजक इरान,युएई र कीर्गिस्तान रहेको छ ।

नेपाली टिम :

गोलकिपर : विशाल सुनार, रोहित कार्की, पुजन होना

डिफेन्डर : बिशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ,निराजन महर्जन

मिडफिल्डर : दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेम्जन

फरवार्ड : मनिष डाँगी, राजिव लोप्चन, रेजिन शुब्बा, दिपेश आले मगर


प्रकाशित | १६ कार्तिक २०७६, शनिबार १०:४८