सूर्यविनायकमा चैत मसान्त अगावै सबै विकासका योजना सम्पन्न गर्दैछौं : बासुदेव थापा (अन्तर्वार्ता)

भक्तपुरको सूर्यविनायक नगरपालिकाले विकास निर्माणको सवालमा निकै फड्को मारेको छ । नयाँ नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरले मुहार फेरेको छ । नगरपालिकाको मेयरमा निर्वाचीत भएपछि नगर प्रमुख बासुदेव थापा ले नगरलाई नेपालकै नमूना नगरपालिका बनाउन आफनो सम्पूर्ण ध्यान केन्द्रित गर्नुभयो । हाल नगरपालिका स्थानीय तहकै नमूना र उदाहरणीय नगरको रुपमा परिचित छ । आफनो सम्पूर्ण शक्ती नगरको विकास निर्माणमा लगाउनुभएको थापासँग नगरपालिकाको चालु आर्थिक वर्षको विकास निर्माण, कोभिड १९ मा नगरपालिकाले खेलेको भूमिका, आगामी कार्ययोजनालगायत विविध विषयमा कुराकानी गरेका छौ । प्रस्तुत छ, मेयर थापासँग विश्व सन्देशका प्रधानसम्पादक किरण बुढाथोकीले गर्नुभएको कुराकानीको सम्पादीत अंश :-

सूर्यविनायक नगरपालिकामा चालु आर्थिक वर्षमा के कती विकासका योजनाहरु सञ्चालन भइरहेका छन् ? ती मध्ये हालसम्म कती योजना शूरु भए ? समग्रमा नपाको विकास निर्माणको अवस्था कस्तो छ ?

सूर्यविनायक नगरपालिकाको ७ औँ नगरसभाबाट स्वीकृत रकममध्ये प्रत्येक वडामा १ करोड र ३० लाखका दुई ठूला योजना तथा अन्य २ करोड २७ लाखका साना योजना सञ्चालन भइरहेका छन् । कोभिड १९ अर्थात कोरोना भाइरस उपत्यकामा पनि ब्यापक रुपमा देखापरेको अवस्थामा पनि हामीले आफू पनि बाच्दै र नगरबासीलाई पनि बचाउँदै सँगसँगै विकास निर्माणको कार्यलाई अगाडि बढाइरहेका छौ । हामीले संघीय, प्रदेश र स्थानीय तीनै तहको बजेट फ्रिज गर्नु हुन्न भन्ने मान्यताले चालु आर्थिक वर्षको योजना समयमै शूरु गरेका छौ । नगरपालिकाका सम्पूर्ण ५४ जना जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, कर्मचारी, सञ्चारकर्मी, सबै नगरबासीको साथ र सहयोगमा कोरोना कहरकाबीच नगरसभाबाट स्वीकृत रकम साउनबाटै कार्यान्वयनमा लगिसकेका छौ । १ करोड र ३० लाखका ठूला योजना कार्यान्वयनको लागी साउनबाटै टे«न्डर आह्रवान गरि हाल ती योजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगिसकेको छ । अन्य आधा ८५ वटा योजना शूरु भई ५० प्रतिशत काम सम्पन्न भइसकेका छन् । नगरबासीको गुनासोलाई ध्यान दिदैं बर्खा याम अगाडि नै विकास निर्माणको कार्य सम्पन्न गर्ने उद्देश्य अनुरुप चैत भित्रै सबै योजना सम्पन्न गर्ने योजना राखेका थियौ, तर कोरोना कहरकाबीच पनि यो वर्ष हामीले चैत नपुग्दै सबै विकासका योजना सम्पन्न गर्दैछौ ।

कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा पनि चैत नपुग्दै नगरसभाबाट स्वीकृत सबै योजना सम्पन्न गछौं भनीरहनुभएको छ, के यो सम्भव होला त ?

हामीले अहिले नै ठूला योजना सम्पन्न गरिसकेका छौ जसमा साना योजनाको निर्माण कार्य पनि ५० प्रतिशत सम्पन्न गरिसकेकाले अवश्यक पनि सम्भव छ । त्यही भएरै तपाईलाई मैले यो भनीरहेको छु । हामीले कोरोना महामारीको नाममा नगरको विकास निर्माणमा अलिकती पनि असर पर्न दिएका छैनौ । दिनरात नभनी कोरोना कहरकाबीच पनि विकास निर्माण कार्य तीब्र गतिमा गरिरहेका छौ । मास्क, सेनीटाईजर लगाएर, सामाजीक दूरी कायम गरेर, भिडभाड नगरेर, आवश्यक सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर निकै चुनौतीकाबीच चालु आर्थिक वर्षका योजना शूरु गरेकाले यो चैत अगावै सम्पन्न गर्दैछौं । विशेषत सबैको साथ र सहयोग तथा सबै एकजुट भएकै कारण पनि हामीलाई काम गर्न सहयोग मिलेको हो । यसमा सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, सबै नगरबासी, सञ्चारकर्मीलगायतको सहयोग छ । साथै जनप्रतिनिधिको नगरलाई विकास निर्माण गर्नुपर्छ र बजेट फ्रिज जान दिनु हुन्न भन्ने तीब्र ईच्छा शक्तीको कारण पनि चाँडै योजना सम्पन्न गर्नेमा विश्वस्त छौं ।

वर्तमान कोभिड १९ मा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि के कस्तो कार्य गरिरहेको छ ?

नेपालमा कोरोना भाइरस देखा परेसँगै उपत्यकामा पनि यो भाइरस ब्यापक बन्दै गयो । उपत्यकामा ब्यापक बनेसँगै सूर्यविनायक पनि यसबाट अछुतो रहन सकेन । हामीले शूरुवाती दिनदेखि नगरमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि टोल टोल, बस्तीबस्तीमा पुगेर शंकास्पद ब्यक्तीहरुको स्याव संकलन गरि प्रयोगशाला लग्दैै नगरबासीको निशुल्क कोरोना परीक्षण गरेर सम्बन्धीत ब्यक्तीलाई रिपोर्ट दिने, कोरोना संक्रमितलाई एम्बुलेन्समार्फत अस्पतालमा लग्ने, घरमा पुर्याउने कार्य गरिरहेका छौ । हरेक वडामा टोल सुधार समिति, वडाध्यक्ष, वडा सदस्य तथा युवाहरु मिलेर संक्रमण फैलन नदिन जनचेतना फैलाउने, स्याव संकलन गर्ने, संक्रमितलाई अस्पतालसम्म पुर्याउने र ल्याउने काम गरिरहेका छौ । नगरपालिकाको स्वास्थ्य शाखाको ६ जनाको टोली बनाएका छौ । सो टिमको समन्वयमा कोरोना सम्बन्धी आवश्यक सम्पूर्ण कार्य भइरहेको छ । हामीले हाल पनि नगरबासीको स्वास्थ्यलाई ध्यान दिर्दै नगरभित्र घुम्ती शिविर सञ्चालन गर्दै निशुल्क रुपमा कोरोना परिक्षण गर्दै आएका छौं । हाल हप्ताको तीन दिन श्याव संकलन गरिरहेका छौ जसमा १ देखि ४ वडाको दक्षिण बाराहीमा, ५ देखि ७ वडासम्मको कटुञ्जेको फुटसल एरियामा र ८ देखि १० वडाबासीको लागि जगातीको ईटा टायल कारखाना क्षेत्रमा गर्दै आएका छौ ।

नगरपालिकामा हालसम्म ६ जनाको मृत्यु भएको छ । तर मृत्यु हुनुभएकामध्ये ५ जना औषधि सेवन गर्दै आएका दिर्घरोगी र धेरै उमेर समूहको हुनुहुन्छ भने एक जना ५० वर्ष भन्दा कम उमेर समूहको हुनुहुन्छ । कोरोना संक्रमितमध्ये पनि धेरैजसो निको भइसक्नु भएको छ । हाल ७÷८ जना अस्पतालमा उपचाररत हुनुहुन्छ भने अन्य घरमै होम आइसोलेसनमा हुनुहुन्छ । नगरपालिकाको आफनै ठूलो अस्पताल छैन । यद्यपी नगरपालिकाले आफूले सकेको काम गरिरहेको छ । समग्रमा भन्नुपर्दा सूर्यविनायकमा कोरोना महामारी अन्य नगरपालिकाको तुलनामा निकै कम छ भने नगरपालिका कोरोना रोकथाम तथा नियन्त्रणमा आफनो सम्पूर्ण बल बुत्ताले म्याएसम्म लागिरहेको छ ।

सूर्यविनायक नगरपालिकाले स्थानीय तहमध्ये नेपालकै नमूना र उदाहरणीय कार्य गरिरहेको विषयमा निकै चर्चा परिचर्चा भइरहेको पाइन्छ, तपाई मेयरमा निर्वाचीत भएर आएपछि नगरपालिकालाई नमूना बनाउन के कस्तो काम गर्नुभो र यो कसरी सम्भव भयो ?

सूर्यविनायकमा चुनावी परिणामलाई हेर्ने हो भने ७७ दशमलव ७७ प्रतिशत पूर्व एमाले हाल नेकपा र बाँकि २२ दशमलव ३३ प्रतिशत नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व छ । तर सबै जनप्रतिनिधि एकजुट भएर पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गरिरहेका छौ । यहाँ विकास निर्माण देखि नगरको सम्मृद्धिको कुनै पनि सवालमा सबै जनप्रतिनिधिहरुले काँधमा काँध मिलाएर लागिपर्नु भएको छ । यहाँ दलगत हिसावले कुनै पनि काम हुँदैन र प्रभाव पनि छैन । अर्को कुरा हामी जनप्रतिनिधिको एकतासँगै राजनीतिक दल, कर्मचारी, नगरबासी सबैको सहयोग र साथ छ भने हामीलाई काम गर्नमा कुनै बाधा अवरोध छैन । केहि छिटफुट विरोधको नाममा विरोध गर्ने र केहि स्वार्थी ब्यक्तीहरुबाहेक सबैको सहयोग छ । मेरो नेतृत्वमा रहेको नगरपालिकालाई मेरो भिजन, सोचअनुसार कर्मचारी सबैले समर्थन जनाउँदै कार्यान्वयनमा सहयोग गरिरहनु भएको छ । मैले पनि कर्मचारीलाई नियमले पाउँनेसम्म तलब भत्तामा कुनै कन्जुसाइँ गरेको छैन । उहाँहरुलाई मिल्नेसम्म सेवा सुविधा पनि उपलब्ध गराएको छु भने महिनामा एक पटक कर्मचारीहरुसँग बसेर समस्या केहि भए छलफल पनि गर्दै आएको छु । तर जनतालाई दुख दिने, ढिलासुस्ती गर्ने र आर्थिक लाभ लिने जस्ता कर्मचारीलाई भने मैले छुट दिएको छैन । कर्मचारीहरुले मेरो भिजनलाई साथ दिनुभएको कारण पनि नगरपालिकालाई सम्मृद्ध बनाउन तथा विकास निर्माणमा अगाडि बढाउन सम्भव भएको हो । हामीले १० लाखभन्दा माथि नियमअनुसार ठेक्क प्रणालीअनुसार काम गरिरहेका छौ । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा पनि हामीले ब्यापक परिवर्तन गरेका छौ । नगरबासीलाई मेलम्ची आयोजनाको खानेपानीसँग जोेडेका छौ भने दधिकोटमा १ अर्बको खानेपानी आयोजना सञ्चालन भइरहेको अवस्था छ ।

तपाईलाई केहि उदाहरण दिइहालौं, यो अवधिमा हामीले १८ वटा त पक्की मोटर बाटो पुल नै निर्माण सकिसकेछौ जबकी उपत्यकामा १८ वटा नगरपालिका छन् । अझ हामीले साघाँमा पर्यटन प्रबद्र्धन गर्ने तथा पर्यटनको माध्यमबाट नगरको आम्दानीको स्रोत बढाउने उद्देश्यले साँघाको अग्लो महादेव शिव मन्दिर जोड्ने गरि वारिपारि झोलुङगे पुल निर्माण गरेका छौ,जसले अहिले सो क्षेत्र आन्तरिक पर्यटकको लागि आर्कषणको केन्द्र बनेको छ । हामीले दिर्घकालीन सोचका साथ झोलुङगे पुल निर्माण गरेकाले अब छिट्टै प्रवेशमा निश्चित शुल्क तोक्दैछौ । त्यसैले म दावीका साथ भन्न सक्छु हामीले यो अवधिमा गरेको मिहेनत, परिश्रम, नगरलाई सम्मृद्ध बनाउनुपर्छ पर्छ भन्ने तीब्र इच्छा शक्ती र इमानदारीताकै कारण नेपालकै नमूना, उदाहरणीय र छिटो विकास गर्न सफल भएका हौ । हामीले गरेको कार्यलाई सही मूल्यांकन गर्ने हो भने नगरपालिकाले स्थानीय तहमा नेपालकै उत्कृष्ठ कार्य गर्न सफल भएको छ , त्यही भएर नै सबैतीर चर्चा परिचर्चा र प्रशंसा भएको हुनुपर्छ । म जहाँ पुग्दा पनि नगरपालिकाको विकास गरेको भन्दै प्रशंसा मिल्ने गर्छ जसले मलाई निकै खुसी पनि लाग्छ । हामीले गरेको राम्रो कामको चर्चा र प्रशंसाले हामीलाई अझ काम गर्न थप ऊर्जा र जाँगर पनि मिलेको छ ।

नगरपालिकाले आफनै नयाँ सुविधासम्पन्न भवन निर्माण गर्दैछ, भवन निर्माणको कार्य कहाँ पुग्यो ?

हामीले दिर्घकालीन सोचका साथ नगरपालिकाको जनघनत्वलाई ध्यान दिर्दै सुविधासम्पन्न ५ तलाको अपांगमैत्री १ सय वटा सवारी साधन पार्किङ गर्न मिल्ने गरि लिफटसहितको डिजाइनअनुसार भवन निर्माण गरिरहेका छौ । नगरपालिकाको आफनै नयाँ भवन नभएकोले भवन निर्माण गर्ने निर्णयअनुरुप हामीले ३४ करोडमा ठेक्का आह्रवान गरेका थियौ । तर ठेक्का सम्झौता भने २० करोड ४१ लाखको हाराहारीमा भएको छ । कम लागतमा ठेक्का पर्दा नगरपालिकालाई फाइदा भएको अवस्था छ । नगरपालिकाले आधुनीक भवन आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । जनप्रतिनिधिको रुपमा हाम्रो अवधि अब १७ महिनामात्र बाँकि रहेको अवस्थामा भवनको ढलानको सम्पूर्ण कार्य सम्पन्न गरिसक्ने गरि अगाडि बढिरहेका छौ । भवनको मैले आफैले उद्घाटन गरे पनि फिनिसिङको कार्य सम्पन्न गर्दै शिलान्यास भने नयाँ आउने जनप्रतिनिधिले गर्नुहुनेछ ।

नगरपालिकाले शैक्षिक क्षेत्रको विकासमा के कस्तो कार्य गरिरहेको छ ?

हामीले शैक्षिक क्षेत्रमा पनि निकै राम्रो कार्य गर्न सफल भएका छौ । नगरपालिकाभित्र ३९ वटा विद्यालय रहेकोमा केहिलाई गाभेर हाल ३४ वटा विद्यालय छन् । त्यसमा पनि हामीले यो अवधिमा सबै विद्यालयको आफनै पक्की भवन बनाउन सफल भएका छौ । शैक्षिक क्षेत्रको भौतीक पूर्वाधार निर्माणको कार्य सम्पन्न गरेका छौ । साथै नगरको शैक्षिक क्षेत्र सुधार्न पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौ ।

तपाई मेयरमा निर्वाचीत भएर जिम्मेवारी समाल्नु भएको पनि तीन वर्ष पूरा भइसकेको छ, यस अवधिमा निर्वाचनमा ब्यक्त चुनावी प्रतिबद्धता के कती पूरा भए जस्तो लाग्छ ?

निकै राम्रो प्रश्न सोध्नुभयो, मैले चुनावमा ब्यक्त गरेको प्रतिबद्धतापत्र तीन वर्षभित्रै सबै पूरा गरिसकेको छु, बाँकि दुई वर्ष बोनसको रुपमा काम गरिरहेको छु । बोनस कसरी भन्ने जिज्ञासा उठ्न सक्छ, मैले चुनावमा नसकिने र नचाहिने प्रतिबद्धता जनाएको थिएन, म यहीँको नगरबासी भएको, जन्मेको, हुर्केको नाताले आफनो ठाउँलाई केहि उदाहरणीय कार्य गर्नुपर्छ भन्ने भावनाअनुरुप तत्कालीन समयमा नेकपा एमालेको तर्फबाट म क्षेत्रीय ईन्चार्ज, नगर संयोजक र जिल्ला पार्टीको उपसचिव थिए । पार्टीको पनि नगर संयोजक भएको नाताले त्यो बेला विभिन्न पार्टीका नेता तथा बृद्धिजीवीहरुसँग सल्लाह लिएर प्रतिबद्धतापत्र बनाएको थिए । तर त्यो सबै प्रतिबद्धता तीन वर्षभित्रै पूरा गर्न सफल भएकोमा आफैलाई गौरवान्भित महसुस भइरहेको छ । अब १७ महिनाको अवधिमा हामीले म्याएसम्म सक्दो अझै नगरको हितमा काम गर्ने पनि प्रतिबद्धता ब्यक्त गर्न चाहान्छु । हामीले यो अवधिमा तुलनात्मक रुपमा नगरको १ देखि ७ वडासम्म विकास निर्माण पुर्याईसकेका छौ अब पूर्वी भेगको ८, ९ र १० वडामा जती विकास निर्माण र पूर्वाधारको काम हुनुपर्ने हो त्यो अझै हुन बाँकि नै छ । आगामी दिनमा पूर्वी भेगको पनि बृहत्तर विकासमा लागिपर्ने सबै नगरबासीमा प्रतिबद्धता ब्यक्त गर्न चाहान्छु ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी र कर्मचारी तथा सञ्चारकर्मीको सहयोग भएकै कारण नगरलाई विकास निर्माणमा नमूना र उदाहरणीय बनाउन सफल भएका छौ । अन्तमा, आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै सम्मृद्ध सूर्यविनायक, सुखी नगरबासी बनाउने अभियानमा सबैमा सहयोगको लागि हार्दिक अनुरोध गर्न चाहान्छु । धन्यवाद ।


प्रकाशित | १० मंसिर २०७७, बुधबार १९:१३