शेयर बजार निरन्तर ओरालो

काठमाडौं: साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा निराशा छाएको छ । सोमबार सेयर बजारका सबै परिसूचक घटेर राताम्मे भएका हुन । सेयर बजार १ हजार ३०० अङ्कबाट तल झरेर १ हजार २९२ अङ्कमा सीमित भएको छ । सोमबार ६९ करोड ८७ लाख रुपैयाँ बराबरको २१ लाख ७६ हजार ३७० कित्ता सेयर कारोबार भएको छ । शेयर बजार आइतबार बजार १३.७९ अङ्क घटेकोमा सोमबार १२.८४ अङ्क घटेको छ । दुई दिन सेयर बजार २५ अङ्कले घटेको हो ।

आज सबैभन्दा बढी एनआईसी एसिया बैङ्कको सेयर कारोबार भएको छ । एनआईसीको प्रतिकित्ता ४६८ रुपैयाँमा ९ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै शिवम सिमेन्ट लिमिटेडको प्रतिकित्ता ६५५ रुपैयाँमा ६ करोड ७ लाख २६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १९:३९