गगन थापाको प्रश्न : नेपालको भूमी एक इन्च पनि तलमाथि भए सहन्नौ भन्ने सरकार के गरिरहेको छ ?

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले भारतीय हस्तक्षेप, अतिक्रमण र दादागिरीको प्रतिरोध गर्न सिंगो नेपाली जनता तयार रहेको बताउनुभएको छ । सांसद थापाले केहि समयअघि रक्षा मन्त्रीले सो ठाउँको अवलोकन गर्नुभएको स्मरण गराउनुहँदै के त्यो भ्रमण तिर्थयात्रा थियो ? भन्दै प्रश्न समेत गर्नुभयो ।

आज संसदमा बोल्नुहुँदै सरकारले नेपाली जनताबाट कस्तो सहयोग चाहेको हो ? त्यो विषयमा स्पष्ट जानकारी गराउन पनि सरकारसँग सांसद थापाले माग गर्नुभयो । हाम्रो भूमीमा एक इन्च पनि तलमाथि भए सहन्नौ भन्ने सरकारले अहिलेसम्म के गरिरहेको छ ? भन्ने प्रश्न गर्दै थापाले भारतीय दादागिरीको कडा शब्दमा विरोध जनाउनुभयो ।

भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा संसदमा बोल्ने अन्य सांसदले पनि विरोध जनाएका थिए ।


प्रकाशित | २८ बैशाख २०७७, आईतवार १४:१२