कर्णाली प्रदेशको सामुदायिक विद्यालयलाई विद्यार्थीको चाप थेग्न मुस्किल

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न मुस्किल परेको छ । सामुदायिक विद्यालयले कोटा तोकेरै भर्ना लिँदा कतिपय कमजोर विद्यार्थी पढ्न वञ्चित भएका छन् ।

 

 

सीमित भौतिक भूर्वाधार र जनशक्ति भएका कारण यी विद्यालयले कोटा तोकेर प्रवेश भर्ना लिएका छन् । नगरभित्रका अमज्योति नेवारे, इत्राम र जनमाविमा सबैभन्दा बढी चाप छ । शैक्षिक गुणस्तर राम्रो हुँदा विद्यार्थी आकर्षण बढेको हो ।

‘केही वर्षअघिसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएन भनियो । हामीले मेहनत गरे नतिजा बदल्ने कोसिस ग-यौँ,’ जन मावि व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले भने, ‘अहिले विद्यार्थी थेग्नै नसक्ने भएपछि प्रवेश परीक्षा लिनुप-यो , पूर्वाधार र जनशक्तिको अवस्था हेरिँदैन्, निषेध गरे भनेर सर्वत्र आलोचना छ ।’ यो समाचार गोविन्द देवकोटाले अन्नपूर्णमा लेखेका छन् ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार ०७:३४