यूएईमा समस्यामा परेका हजारौ नेपालीहरु एनआरएनएको सम्पर्कमा, राहत बाँडेर भ्याईनभ्याई

यूएई: कोरोना महामारीको कारण समस्यामा परेका यूएईका हजारौ नेपाली गैर आवासीय नेपाली संघ (एनआरएनए) को सम्पर्कमा आउँन थालेका छन् । एनआरएनए यूएईले समस्यामा परेका नेपालीलाई लक्षित गर्दै राहत वितरण शूरु गरेपछि यूएईमा रहेका हजारौ नेपाली राहतको लागि एनआरएनएको सम्पर्कमा आउँन थालेका हुन ।

Image may contain: one or more people, people standing and outdoor

एनआरएनए यूएईले कोरोना महामारी प्रभावीलाई राहत वितरण थालेको आज छैठौ दिन हो । छैठौ दिनसम्म आइपुग्दा एक हजारभन्दा माथिलाई राहत वितरण गरिसकेको एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोईरालाले जानकारी गराउनुभयो ।

अध्यक्ष कोईरालाका अनुसार विभिन्न क्षेत्रमा गरि अहिलेसम्म ३ हजार केजी खाद्यान्न  वितरण गरिसकिएको छ । दैनीक म्याएसम्म कम्तिमा ५ सय केजी खाद्यन्न वितरण गरिरहेको उहाँले बताउनुभयो ।

No photo description available.

वैधानीक रुपमा २ लाख ७५ हजार भन्दा बढी नेपाली र अवैधानीक १ लाख गरि करिव ३ लाख ५० हजार नेपाली रहेको यूएईमा एनआरएनएले आर्थिक संकलन गदै समस्यामा परेका नेपालीलाई अत्यावश्यक दाल, चामाल, नुन, तेल जस्ता सामाग्री सहयोग गरेको हो ।

Image may contain: one or more people, people standing, crowd and outdoor

युएई एनसीसीमा अध्यक्ष प्रकाश कोईरालाको संयोजकत्वमा मूल समिति र यूएईका सातै राज्यमा संघका पदाधिकारी संयोजक रहने गरि क्षेत्रीय समिति परिचालन गरि राहत वितरणलाई तीब्रता दिइएको छ ।

अध्यक्ष कोईरालाका अनुसार एनसिसीमा ७ लाख नेपाली रुपैयाँ वरावरको कोष खडा गरि राहत टिम बनाएर राहत वितरण जारी राखिएको हो । कोषमा थप ५० हजार समेत जम्मा भएको छ ।

No photo description available.

यूएईमा कोरोना नियन्त्रणको लागि भन्दै सरकारले लकडाउन जारी राखेको अवस्थामा संघले विभिन्न क्षेत्रमा समस्यामा परेका नेपालीको जानकारीको आधारमा सम्बन्धति ठाउँमा राहत पुर्याइहेको अध्यक्ष कोईरालाले बताउनुभयो ।

यूएईमा लकडाउनको अवधिमा संघका उपाध्यक्ष पासांग शेर्पाको नेतृत्वमा दुबई पुलिसबाट अनुमति लिएर आवश्यक सुरक्षाका साथ फिल्डमा नेपाली श्रमीक बस्ने घरघर गएर पिडितहरुलाई भेटने, मोटीभेट गर्ने र राहत सामग्री दिने काम भइरहेको छ । जून टीममा मध्य पूर्व उपसंयोजक (डिआरसी ) मनोज गोर्खाली, एनसिसी युवा संयोजक मदन अधिकारी र सदस्य सुजन सापकोटा रहनु भएको छ । डिआरसी गोर्खाली समग्र मध्य पूर्वको जानकारी लिनको साथै यूएईमा समस्यामा परेका नेपालीको उद्दारमा समेत अहोरात्र खटिरहनु भएको छ ।

Image may contain: 1 person, standing

यूएईमा जागीर गुमाएका, भिज़िट भिसामा आएका विद्यार्थी, र नेपालमा आफन्त गुमाएर काजक्रिया ग़र्न जान नपाई लक़डाउनमा परेर अलपत्र परी नेपाल जान चाहने नेपालीहरूको लागी गूगलमा लिंक बनाई अनलाइन डाँटा संकलन गर्ने कार्य समेत शूरु गरिएको छ ।

No photo description available.

अहिलेसम्म ५ हजार पीडितहरूले आफ्नो डाँटा लिंकबाट अप्डेट गरिसकेको अध्यक्ष कोईरालाले जानकारी गराउनुभयो । सो कार्यको संयोजन एनसीसी उपाध्यक्ष नरेश शेनले गरिरहनु भएको छ ।


प्रकाशित | ३ बैशाख २०७७, बुधबार १८:५४