काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङको अध्यक्षमा गोकर्ण ढकाल पुन निर्वाचीत हुनु भएको छ । एनआरएनए हङकङको २०२३–०२५ कार्यकालका लागि अध्यक्ष पदमा ढकालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हनु भएको हो । अध्यक्षसहित सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको छ ।

त्यस्तै, उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ, महासचिवमा डिल्लीराम विश्कर्मा,सचिवमा मनोज सूर्यवशीं, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया चयन हुनु भएको छ ।
त्यस्तैगरि, ईन्दर पुर्जा पुन युवा संयोजक र कविता गुरुङ महिला संयोजक बन्नु भएको छ भने कार्यसमिति सदस्यहरूमा विश्नाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन हुनु भएको छ । एनआरएनए हङकङको महाअधिवेशन भने २३ जुलाइमा हुँदैछ ।

प्रकाशित | १ श्रावण २०८०, सोमबार २२:३५