काठमाडौं -नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले पत्राचार गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि रौटहट– १ बाट उम्मेदवार बनेका नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।
आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा ९१० बमोजिम उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ । तर, उक्त ऐनविपरीत नेपालले मतदातालाई प्रलोभनमा पार्ने काम गरिएको पत्रमा भनिएको छ ।
प्रकाशित | ३ कार्तिक २०७९, बिहीबार १८:४९