नेपालमा २ सय ७८ कोरोना संक्रमीत थपिए, संक्रमीतको संख्या २ हजार ९ सय १२ पुग्यो

काठमाडौं: नेपालमा थप २७८ जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमीतको संख्या दुईहजार ९१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार ४३ जना थप डिस्चार्ज भएका छन् । नेपालमा डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ ।

शुक्रबार मोरङ २, पर्सा १, झापा ५, ताप्लेजुङ १, सप्तरी १३, बारा १२, दाङ १५, मुगु १, दैलेख १०५, , खोटाङ ३, दैलेख ८, , धनुषा ५ सङ्क्रमित भएका छन् । नेपालमा अहिलेसम्म ६८ जिल्लामा सङ्क्रमण भएको देवकोटाले जानकारी गराउनुभयो ।

थप एक जनाको मृत्यु

त्यस्तै, नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरीका २८ वर्षीया पुरुष रहेको पनि डा. देवकोटाले बताउनभुयो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या ११ पुगेको छ ।


प्रकाशित | २३ जेष्ठ २०७७, शुक्रबार १६:५०