सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले लागत साझेदारीमा दमकल संचालन गर्दै

भक्तपुर: भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले लागत साझेदारीमा दमकल संञ्चालन गर्ने भएका छन् । दुई नगरपालिककााले जनप्रतिनिधिहरुले आगलागनीका लागि प्रयोग गरिने दमकल चाँडै सञ्चालन गर्ने विषयमा छलफल गरेका छन् ।

सूर्यविायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीसहित जनप्रतिनिधिहरुको छलफलले दमकल संचालन गर्नका लागि जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई जिम्मेवारी दिने र लागत खर्च दुवै नगरपालिकाले आधा/आधा ब्यर्होने गरि दमकल प्रयोग गर्ने निर्णय भएको छ ।

दमकल आवश्यकता अनुसार जिल्लाका कुनै पनि ठाउँमा प्रयोग गर्न सकिने छ । दमकल यसअघि नै वारुण यन्त्र कार्यालयलाई हस्तान्तरण भइसकेको छ ।


प्रकाशित | १६ फाल्गुन २०८०, बुधबार २१:०८