काठमाडौँ – राष्ट्रिय युवा संघ नेपालको सप्ताव्यापी रक्तदान अभियान अन्तर्गत शनिबार उपत्यकाका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएका छन् । कोरोनाको कारण देशमा भइरहेको रगत अभावलाई पुर्ती गर्ने उद्देश्यले युवा संघले सप्ताव्यापी रक्तदान कार्यक्रम आयोजना गरिरहेको हो । कार्यक्रम युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको प्रमुख अतिथ्यतामा भएको हो ।
राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङका अनुसार शनिबार काठमाडौ उपत्यकाको विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएका हुन । आज काठमाडौको चावहिल, ललितपुरको मंगलबजार र भक्तपुरको खौमा दरबाबार स्क्यवार, काठमाडौं नयाँ बानेश्वरको अल्फाबिटा र काठमाडौकै सिफल चौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको प्रवक्ता गुरुङले जानकारी दिनु भयो ।
उपत्यकाका साथै हाल देशभर उत्साहजनक रुपमा रक्तदान कार्यक्रम संचालन भइरहेको उहाँले बताउनु भयो । युवा संघले काठमाडौँ उपत्यका लगायत देशभर भइरहेको रक्तदान कार्यक्रममा ४०० पाउन्ड रगत संकलन हुने अनुमान गरिएको छ । यससँगै संघले अन्य रचनात्मक कार्यक्रमको आयोजनासमेत गरिरहेको छ ।






प्रकाशित | १५ माघ २०७८, शनिबार १६:२३