सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, समर्थन भने कायमै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । रास्वपाको आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । तर, सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको छ ।

सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिनुभयो ।

रास्वपाबाट चार मन्त्री हुनुुहन्छ । सो पार्टीबाट गृहमन्त्री बन्नु भएका लामिछानेले सर्वोच्चको फैसलाअनुसार यसअघि नै राजीनामा दिइसक्नु भएको छ भने शिक्षामन्त्री शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की) ले पनि आजै सरकारबाट बाहिरिदैं हुनुहुन्छ ।


प्रकाशित | २२ माघ २०७९, आईतवार १६:४६