कांग्रेस केन्द्रीय सदस्यमा युवा नेता हरिबोल भण्डारीको उम्मेदवारी घोषणा

काठमाडौं –  नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको छ । भण्डारी काठमाडौं क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी मत प्राप्त गर्दै निर्वाचित हुनु भएको थियो ।

भण्डारी लामो समय नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठनमा सक्रिय रहँदै आउनु भएको थियो । हाल भण्डारी कांग्रेस महासमिति सदस्य हुनुहुन्छ भने गैर आवासीय नेपाली संघको सल्लाहकार समेत हुनुहुन्छ ।

भण्डारीले केन्द्रीय समितिमा पुगेर पार्टीको नीति, सिद्धान्त र जनताको पक्षमा काम गर्न चाहेको बताउनु भयो । ‘जननायक वीपी कोइरालाले देख्नुभएको लोकतान्त्रिक र समृद्ध नेपालको सपना अझै पूरा भएको छैन । कांग्रेसले नै यो अभियानको नेतृत्व गर्नुपर्ने भएकोले त्यसको एउटा सिपाही बन्नका लागि म केन्द्रीय सदस्यको प्रत्यासी बनेको छु’, भण्डारीले भन्नुभयो ।

विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीले समाजसेवाका लागि आफू राजनीतिमा होमिएको बताउनु भयो ।


प्रकाशित | १३ मंसिर २०७८, सोमबार १४:१८