युएईको विजयी सुरुवात

एजेन्सी -एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) ले कुवेतलाई १ सय ४३ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै कुवेतलाई ३७२ रनको लक्ष्य दिएको थियो । जितको लागि ३ सय ७२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा २ सय २८ रनमा अल आउट भयो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा यूएईका वृत्या अर्विन्द र रोहन मुस्ताफाले शतक प्रहार गरेका थिए । यसअन्तर्गत वृत्याले १ सय ८५ र मुस्ताफाले १ सय १८ रन बनाएका थिए ।

पाँचौं ओभरमा २४ रन बनाउँदा ३ विकेट गुमाइसकेको अवस्थामा यी दुईले चौथो विकेटमा २ सय ७५ रनको साझेदारी गरेका थिए । मुस्ताफाले १ सय २५ बल खेली १० चौका र ४ छक्का प्रहार गरे । अन्तिम ओभरमा आउट भएका उनले सानदार १ सय ८५ रन बनाए । वृत्याले १ सय ४७ बल खेली १७ चौका र ९ छक्का प्रहार गरे ।


प्रकाशित | ६ बैशाख २०८०, बुधबार १७:३५